काठमाडौं । गुण्डा नाइके धादिङका दिनेश अधिकारी चरी मुडभेडमा मारिएका छन् । उनी राजधानीको भीमढुंगामा प्रहरीसँगको भिडन्तमा उनी मारिएका हुन । मुठभेडका क्रममा अपराध महाशाखाका एक प्रहरी पनि घाइते भएका छन् । प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका उनलाई प्रहरीले ६ महिनादेखी खोजिरहेको थियो । बुधवार प्रहरीसँगको जम्काभेटमा दोहोरो गोली चल्दा चरी मारिएका हुन् । भिडन्तपछि एसएसपी पुष्कर कार्कीसहितको टिम घटनास्थल पुगेको थियो । यसरी मारिए राधाकृष्ण भण्डारी राधेमाथि खुकुरी प्रहार गरेर हत्या प्रयास गरेको अभियोगमा फरार रहेका चरीलाई पक्राउ गर्न प्रहरीको एक टोलीले सितापाइलादेखि नै पछयाएको बताइएको छ । चरी बा४९ प ३११२ नम्बरको रातो पल्सरमा सवार थिए । प्रहरीलाई देखेपछि उनी भागे । भाग्दा भाग्दै केहीबेर भागेपछि भिमढुंगा पुगेपछि चरीले प्रहरी टोलीमाथि नै गोली प्रहार गरेको प्रहरी सुत्रले बतायो । चरीले प्रहरीमाथी गोली हानेपछि जवाफी कार्वाही स्वरुप प्रहरीले जबाफी फायरिङ गरेको थियो । उनको शरीरभर गोली लागेको छ । अधिकारीको शब अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखीएको छ । प्रहरीले घटनाको पुष्टी गरीसकेको छ । एसएसपी पुष्कर कार्कीले चरी मारिएको पुष्टी गरेका हुन् । - See more at: http://www.ratopati.com/2014/08/06/157172.html#sthash.fPKykNWo.dpuf
No comments:
Post a Comment